काठमाडौँ । समाज डेन्टल हस्पिटलको ११औं शाखा गोल्फुटारमा आज देखि सेवा शुरु गरेको छ। यस अस्पतालको उद्घाटन दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धताू भन्ने उद्देश्यका साथ गरिएको हो। २५ वर्षदेखि दन्त सेवामा सक्रिय समाज डेन्टल हस्पिटलले गोल्फुटार क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरेको छ।
उद्घाटनका अवसरमा हस्पिटलले सबै सेवामा ५०% छुट प्रदान गरेको प्रबन्धक सविन घिमिरेले जानकारी दिए। उनले जनचेतना वृद्धि गर्ने र उच्च गुणस्तरीय उपचार सुलभ शुल्कमा उपलब्ध गराउने उद्देश्य राखेर गोल्फुटारमा शाखा खोलेको बताए।
समाज डेन्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले पनि सेवाको विस्तारमा खुसी व्यक्त गर्दै, यस क्षेत्रका सबैलाई सुलभ शुल्कमा दन्त उपचारको अवसर प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गरे।
समाज डेन्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत र मुख सम्बन्धी उपचार प्रदान गर्दै आएको छ। हाल, यसका शाखाहरू काठमाडौँको नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाईला, कौसल्टार, इमाडोल र बनेपा काभ्रेमा समेत सञ्चालित छन्।
यस नयाँ शाखा उद्घाटन सँगै समाज डेन्टल हस्पिटलको दन्त उपचार सेवामा थप पहुँच र गुणस्तर सुनिश्चित हुनेछ।




.gif)





