images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५०...

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्य गर्दै नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान सुरु गरेको छ।यस अभियान अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्डमार्फत गरिएको कारोबारमा ५० प्रतिशतसम्म (अधिकतम रु. ५००) क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना भदौ ११ गतेदेखि लागू भएको हो।

    images
    images

    गत वर्षदेखि बजारमा आएको फोनपे क्रेडिट कार्डले परम्परागत कार्डका सुविधालाई डिजिटल प्रविधिसँग जोडेर नेपाली उपभोक्तामाझ नयाँ अनुभव दिलाउँदै आएको छ। केवल एक वर्षमै यसको प्रयोगकर्ता संख्या १२,००० नाघिसकेको कम्पनीले जनाएको छ।साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट र पर्खाइ समयलाई हटाइदिएको छ। कार्ड सक्रिय गरेपछि ग्राहकले नेपालभरका १७ लाखभन्दा बढी फोनपे QR व्यापारीहरूमा स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालकै सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ।

    अभियानबारे बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, ‘विकसित राष्ट्रहरूमा जस्तै, नेपालमै पनि क्रेडिट कार्डलाई दैनिकीमा सजिलो र लाभदायक बनाउन हाम्रो लक्ष्य हो। यस क्यासब्याक अभियानमार्फत हामीले प्रयोगकर्तालाई अझ प्रोत्साहित गर्ने र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन योगदान गर्नेछौं।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend