images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • हिमालय उर्जा विकासको हकप्रद शेयरमा आज...

हिमालय उर्जा विकासको हकप्रद शेयरमा आज बैंकिङ समय भित्र आवेदन दिने सकिने

हिमालय उर्जा विकासको हकप्रद शेयरमा आज बैंकिङ समय भित्र आवेदन दिने सकिने

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं ।  हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज बुधवार (भदौ १२ गते) अन्तिम दिन रहेको छ । बुधवार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिवक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङले जानकारी गराएको छ ।

    images
    images

    कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ । उक्त हकप्रद शेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । 

    यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  यसमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । 

    images
    images

    हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।  

    हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend