images

२०८३ आश्विन १८ गते

images
images
images

नाडा अटो शो २०२४  : सेरेस–३ मा विशेष  छुट

नाडा अटो शो २०२४  : सेरेस–३ मा विशेष  छुट

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौँ । नाडा अटो शो, २०२४ को अवसरमा एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस–३ मा भारी छुटको घोषणा गरेको छ । प्रिमियम क्लासमा गनिने एसयूभी सेरेस–३ लाई कम्पनीले ४५ लाख ४९ हजार रुपैयाँमा नै उपलब्ध गराएको हो ।

    images
    images

    दुई वटा भेरियन्टमा उपलब्ध सेरेस–३ को मूल्य यसअघि ४९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । दसैँ तिहार तथा छठ चाडबाड विशेष नाडा अटो शोको अवसरमा कम्पनीले यी दुवै भेरियन्टमा समान ४ लाख १२ हजार रुपैयाँ मूल्य घटाएको हो । योसँगै अब सेरेस–३ को प्रिमियम क्लास जम्मा ४८ लाख ८७ हजार रुपैयाँमा नै किन्न सकिने भएको छ ।

    नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस–थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।

    images
    images

    आफ्नो सेग्मेन्टमा सबैभन्दा ठुलो एसयूभीको रूपमा परिचित सेरेस–थ्रीले आरामदायी डबल कुशन सिटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

    यसमा १०.२५ इन्चको जडान गरिएको इन्फाटेंमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend