images

२०८३ आश्विन २४ गते

images
images
images

आईपीओ निष्काशन गर्दै बाजेको सेकुवा

आईपीओ निष्काशन गर्दै बाजेको सेकुवा

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । बाजेको सेकुवाले र्आइपीओ निष्काशन गर्ने भएको छ । बाजेको सेकुवा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारीका साथ साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ७ गते बसेको बैठकले आईपीओ निष्काशन लगायतका विषयमा छलफलका गर्न १६ औं वार्षिक साधारणसभा डाकेको हो ।असोज २ गते बिहीबार बत्तीसपुतलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना हुनेछ ।

    images
    images

    साधारणसभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीले सञ्चालन तथा विकास गर्ने परियोजनाका लागि बैंक तथा अन्य वित्तीय संस्थाबाट लिने आवश्यक कर्जा तोकिएको सीमाभन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, अन्य कम्पनीसँग मर्जर गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध विषयका प्रस्तावमाथ छलफल हुने कार्यक्रम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend