images

२०८३ आश्विन १८ गते

images
images
images

पहिलो महिनामा ८६ प्रतिशतले बढ्यो सिमेन्ट निर्यात

पहिलो महिनामा ८६ प्रतिशतले बढ्यो सिमेन्ट निर्यात

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमा सिमेन्टको निर्यात ह्वात्तै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को साउनको तुलनामा चालु आवको सोही महिनामा सिमेन्टको निर्यात ८६.२९ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनमा २७ करोड ६५ लाख रुपैयाँ बढीको २ लाख ३२ हजार ५६ टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आवको सोही महिनामा १४ करोड ८४ लाख रुपैयाँको ५२ हजार २९७ टन सिमेन्ट निर्यात थियो । उक्त सिमेन्टहरु भारत निर्यात भएको हो ।

    images
    images

    अर्घाखाँची सिमेन्ट, पाल्पा सिमेन्ट, बालाजी सिमेन्ट, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट लगायतले भारत निर्यात गर्दै आएका छन् । गत आवको कार्तिक महिनादेखि सिमेन्टको निर्यात खच्किएको थियो । गत वर्षको मध्यमतिर ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) ले नेपालमा उत्पादन भएका सिमेन्ट सहित विभिन्न बस्तुलाई गुणस्तर प्रमाणपत्र रोक लगाएको थियो । जसले नेपालबाट भारत निर्यात हुने सिमेन्ट घटेको थियो । तर, चैतदेखि भारतले फेरि गणस्तर जारी गर्न सुरु गरेपछि सिमेन्टको निर्यात वृद्धि हुन पुगेको नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष रघु नन्दन मारुले बताए । 

    जसले गर्दा गत आवको असार महिनामा पनि सिमेन्टको निर्यात वृद्धि भएको थिया । अध्यक्ष मारुका अनुसार हाल नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले क्षमताको ५० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । बजारमा माग कम रहेका कारण ५० प्रतिशतको हाराहारीमा उत्पादन भइरहेको उनले उल्लेख छ । वर्ष सिजन भएकाले अहिले माग न्यून छ । असोजपछि माग वृद्धि हुने आशा उनले व्यक्त गरे । उनले भने, 'अहिले बजारमा माग कम छ, त्यसकारण क्षमताको ५० प्रतिशतमात्रै उत्पादन भइरहेको छ । असोजपछि माग बढ्छ होला ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend