images

२०८३ आश्विन २० गते

images
images
images

बिरामीमा भेटियो मासु खाने किरा, मानव शरीरमा कसरी पुग्छन् ?

बिरामीमा भेटियो मासु खाने किरा, मानव शरीरमा कसरी पुग्छन् ?

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आइतबार न्यू वर्ल्ड स्क्रूवर्मको पहिलो मानव केसको रिपोर्ट गरेको छ। मासु खाने यो परजीवी एल साल्भाडोरबाट फर्केका एक बिरामीमा भेटिएको थियो।एल साल्भाडोर हाल न्यू वर्ल्ड स्क्रूवर्मबाट प्रभावित देशमध्ये एक हो।अमेरिकी जनस्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अगस्ट ४ मा यो केसको पुष्टि गरेको थियो।स्वास्थ्य अधिकारीहरूले बिरामी पूर्ण रूपमा निको भइसकेको र अन्य मानिस वा जनावरमा स्क्रूवर्म फैलिएको कुनै प्रमाण नभएको बताएका छन्।

    images
    images

    न्यू वर्ल्ड स्क्रूवर्म के हो ?
    अमेरिकी कृषि विभागको पशु तथा वनस्पति स्वास्थ्य निरीक्षण सेवाका अनुसार न्यू वर्ल्ड स्क्रूवर्म एक खतरनाक किरा हो।स्क्रूवर्म झिंगाहरू घरेलु झिंगा जत्तिकै वा अलि ठूला हुन्छन्। यी झिंगाहरू नीलो वा हरियो रंगका हुन्छन् र यीनीहरूको पछाडि तीनवटा कालो धर्का हुन्छ। यी झिंगाहरूको आँखा सुन्तला रंगको हुन्छ।स्क्रूवर्म हरू पशुधन, घरपालुवा जनावर, जंगली जनावर, कहिलेकाहीं चराहरू र धेरै दुर्लभ अवस्थामा मानिसमा पाउन सकिन्छ।  यीनीहरूको लार्भा जीवित प्राणीको मासुमा प्रवेश गरेपछि गम्भीर र कहिलेकाहीं घातक क्षति पुर्‍याउँछन्।न्यू वर्ल्ड स्क्रूवर्मका केसहरू क्युबा, हैटी, डोमिनिकन गणराज्य र दक्षिण अमेरिकी देशमा देखिन्छन्।

    स्क्रूवर्म कसरी फैलिन्छ ?
    पोथी स्क्रूवर्म झिंगाले जनावरको घाउमा अण्डा पार्छिन्। अण्डाबाट बाहिर निस्केपछि सयौं लार्भा मासुमा पस्छन्।यदि उपचार नगरिएमा यी कारणले मृत्यु पनि हुन सक्छ।यी किराहरू घाउमा पेंच काठमा प्रवेश गरे जस्तै प्रवेश गर्ने भएकाले यसलाई ʻस्क्रूवर्मʼ नाम दिइएको छ।  यो पशुधन र वन्यजन्तुका लागि धेरै खतरनाक हुन सक्छ। दुर्लभ अवस्थामा यसले मानिसलाई पनि असर गर्न सक्छ।खुला घाउ भएका मानिसमा भाइरस फैलिने जोखिम बढी हुन्छ।  घाउलाई पूर्ण रूपमा सफा गर्नु र सबै लार्भा हटाउनु नै निको हुने एक मात्र तरिका हो। समयमै उपचार गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।

    images
    images

    अमेरिकामा स्क्रूवर्मको इतिहास
    अमेरिकी कृषि विभागका अनुसार १९३३ मा संक्रमित जनावर मार्फत दक्षिणपश्चिमबाट देशको दक्षिणपूर्वी भागमा स्क्रूवर्म फैलिएको थियो।१९३४ सम्ममा मिसिसिपी, अलाबामा, उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया र फ्लोरिडामा केस रिपोर्ट गरिएका थिए।१९६० को दशकमा अमेरिकाबाट स्क्रूवर्म पूर्ण रूपमा उन्मूलन गरिएको थियो। यो गर्न अनुसन्धानकर्ताहरूले ठूलो संख्यामा भाले स्क्रूवर्महरूलाई बाँझ बनाए। यी भाले झिंगा र जंगली पोथी झिंगाहरूले केवल बाँझो अण्डा  उत्पादन गर्थे अर्थात् अण्डाहरू जुन विकास गर्न सक्दैनथे। यसरी, स्क्रूवर्म उन्मूलन गरिएको थियो।

    यसको पछिल्लो प्रकोप २०२३ मा पनामामा सुरु भएको थियो। यस वर्षको जुलाईमा मेक्सिकोले अमेरिकी सीमाबाट करिब ५९५ किलोमिटर दक्षिणमा नयाँ केस रिपोर्ट गरेको थियो। यसपछि अमेरिकी कृषि विभागले दक्षिणी बन्दरगाहबाट गाईवस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।कृषि विभागको अनुमान अनुसार अमेरिकाले प्रत्येक वर्ष मेक्सिकोबाट १० लाखभन्दा बढी गाईवस्तु आयात गर्छ। यस्तो अवस्थामा स्क्रूवर्मको प्रकोपले गम्भीर आर्थिक क्षति पुर्‍याउन सक्छ। यसले गाईवस्तु उद्योगसँग सम्बन्धित १०० अर्ब डलरभन्दा बढीको आर्थिक गतिविधिलाई खतरामा पार्न सक्छ।यद्यपि अधिकारीहरूले जनस्वास्थ्यमा जोखिम हाल धेरै कम रहेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend