images

२०८३ आश्विन १८ गते

images
images
images

टाइगर प्यालेसले गत आर्थिक वर्षमा गर्‍यो ४२ करोड २० लाख रुपैयाँको व्यापार

टाइगर प्यालेसले गत आर्थिक वर्षमा गर्‍यो ४२ करोड २० लाख रुपैयाँको व्यापार

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । टाइगर प्यालेस बाई सोल्टिले गत आर्थिक वर्षमा ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २३ करोड ८० लाख रुपैयाँको व्यापार गरेकामा करिब दोब्बर बढी आम्दानी गरेको हो ।सन् २०१४ मा स्थापना भएको टाइगर वान प्रालिद्वारा सञ्चालित कम्पनीले सन् १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    रुपन्देहीको भैरहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट सन् २०१७ मा स्थापना १० महिनाअघि टाइगर प्यालेस बाइ सोल्टीमा रिब्रान्डिङ भएको थियो । सोल्टीले व्यवस्थापन सम्हालेसँगै टाइगर प्यालेसको व्यापारमा बहार आएको हो ।क्यासिनो रिसोर्टसहितको पाँच तारे होटल ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने होटलमा १ सय २ वटा कोठाको सुविधा छ ।सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको शतप्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड रुपैयाँको रेटिङ गराएको हो ।

    कोभिडले गर्दा व्यापारमा होटलको निकै धक्का पुगेको थियो । जसले गर्दा बैंकमा तिर्नुपर्ने ऋणको दायित्वमा उच्च चाप परेको थियो । कोभिडको कारण थलिएको व्यापार विस्तारै रिबाउन्ड हुँदै आएएको छ । कोभिडपछि पनि होटलमा उच्च असर परेको र क्यासिनो पूर्ण रुपमा बन्द हुँदा व्यापारमा धेरै धक्का पुगेको थियो । कोभिडको बेला बन्द भएको क्यासिनो सन् २०२४ को मध्यबाट क्यासिनो सञ्चालनमा ल्याएको थियो ।कोभिडपछि कम मात्रामा व्यापार हुँदा समयमै ऋण तिर्न सकेको छैन । कम्पनीको व्यापार विस्तारै लयमा फर्किंदै गएको छ । तर, कोभिड अघिको तुलनामा भने व्यापार निकै कमजोर रहेको इक्राले जनाएको छ ।

    images
    images

    होटलले इक्रालाई कर्जा तिर्न ३० दिनभन्दा बढी ढिलाइ हुने गरेको रिपोर्ट गरेको छ ।सन् २०२१ देखि सञ्चालन घाटामा रहेको होटल गत वर्षदेखि सञ्चालन नाफामा आएको थियो । गत वर्ष होटलको यस्तो नाफा मार्जिन ५२.८ प्रतिशत कायम भएको छ ।करिब २ अर्ब ४० करोड रुपैयाँ कर्जा लिएको होटलको डेब्ट सर्भिस कभरेज रेसियो (डीएससीआर) ०.९ मात्र छ । यसको अर्थ होटलको सञ्चालन नाफा कर्जाको मासिक किस्ताभन्दा कम छ । सामान्यतयाः डीएससीआर २ भन्दा बढी राम्रो मानिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend