images

२०८३ आश्विन १८ गते

images
images
images

९ महिनामा काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो साढे ४ अर्बको व्यापार

९ महिनामा काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्‍यो साढे ४ अर्बको व्यापार

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गत आर्थिक वर्षको ९ महिनामा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँको गरेको हो ।

    images
    images

    सन् २०२४ मा ५ अर्ब ८६ करोड ७० लाखको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ५ अर्ब ३७ करोड ४० लाख, सन् २०२२ मा ४ अर्ब २२ करोड २० लाख, २०२१ मा २ अर्ब ८९ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ६४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।कम्पनीले लामो समयदेखि एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले खाना, शौचालयका सामग्री, कस्मेटिक्सलगायत अन्य विभिन्न प्रकारका वस्तु आयात गर्ने गरेको छ ।

    कम्पनीले विशेषगरी मोन्डलेज (क्याडबरी, ओरियो, बोर्न भिटा), कोल्गेट पाल्मोलिभ, रेकिट बेन्सकिसर (डेट्टोल, हार्पिक, लाइजोल), विकानो, टिफिनीलगायत अन्य ब्रान्डको वस्तु आयात गर्दै आएको छ ।सन् १९९२ बाट व्यवसायिका कारोबार सुरु गरेको कम्पनी सन् २००४ मा मात्रै स्थापना भएको थियो । बल्लभराज सिग्देलको ६७ प्रतिशत, विजयराज सिग्देलको ११ प्रतिशत र समिरविक्रम थापाको २२ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    कम्पनीले सन् २०२२ मा रेकिट बेन्सकिसर, कोल्गेट पाल्मोलिभ र मोन्डलेज आयात सुरु गरेको थियो । उक्त ब्रान्डमध्ये मोन्डलेव नेपाली बजारमा निकै रुचाइएको पाइएको छ । सो ब्रान्डबाट मात्रै गत आवको ९ महिनाको अवधिमा ४९ प्रतिशत व्यापार भएको उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend