images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत,...

हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत, आइतबारदेखि कारोबार हुने

हिम स्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत, आइतबारदेखि कारोबार हुने

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।जसमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । आइतबारदेखि कम्पनीको सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

    images
    images

    आरटीएस सेवा एनआईसी एसिया क्यापिटलले दिनेछ । कम्पनीले एचआईएमएसटीएआर (हिमस्टार) कोड पाएको छ ।पहिलो पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्म हुने छ । पहिलो कारोबारपछि दिनभर मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । यसअघि  कम्पनीको आईपीओ बाँडफाँटपछि  प्राविधिक त्रुटि हुन गएको देखिएकाले उक्त त्रुटि सच्याउने समयावधिसम्म सम्पूर्ण धितोपत्र रोक्का राखेको थियो ।

    असार ३२ गते कम्पनीको आईपीओ बाँडफाँट भएको थियो ।  कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend