काठमाडौं । स्थानीय बजारमा हरियो लसुनको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार हरियो लसुनको भाउ घटेको हो ।
आज हरियो लसुनको भाउ थोकमा किलोको ३४ रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने हरियो लसुन किलोको १ सय ५६ रुपैयाँ कायम छ ।यस्तै साउन अन्तिम साता भने हरियो लसुन प्रतिकिलो १ सय ६ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)



