images

२०८३ आश्विन १८ गते

images
images
images

एजी हेल्थले गर्‍यो ११ महिनाको अवधिमा ४० करोड रुपैयाँको व्यापार

एजी हेल्थले गर्‍यो ११ महिनाको अवधिमा ४० करोड रुपैयाँको व्यापार

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । एजी हेल्थ इन्डष्ट्रिजले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४० करोड रुपैयाँको व्यापार गरेको छ । यस हिसाबमा कम्पनीले प्रतिमहिना ३ करोड ६३ लाख ६३ हजारको ब्यापार गरेको छ भने दैनिक १२ लाख १२ हजार बढीको कारोबार गर्दै आएको छ।सन् २०२४ मा ३८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३५ करोड ५० लाख, सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा २९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।

    images
    images

    कम्पनीकाअनुसार सन् २०२२ देखि सन् २०२४ सम्ममा ३० प्रतिशतले व्यापार बढेको उल्लेख गरेको छ । त्यस्तै गत आवको ११ महिनाको अवधिमा भने १४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।सन् २०१५ मा स्थापना भएको कम्पनीले बेबी डाइपर, मास्क र स्यानिटरी प्याड उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । चार जनाको स्वामित्व रहेको कम्पनी रुपन्देही जिल्लाको तिलोत्तमामा अवस्थित छ । कम्पनीले सन् २०१८ देखि बेबी डाइपर उत्पादन गरेको थियो भने सन् २०२२ को अगस्टबाट प्याड उत्पादन सुरु गरेको थियो ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३३ करोड ८१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको हो ।बजारमा कम्पनीले उत्पादन गरेको वस्तुको माग निकै सकारात्मक हुँदा व्यापार बढ्दै गएको जनाएको छ । कम्पनीले सगुन ब्रान्डमा आफ्ना उत्पादित वस्तुको व्यापार गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend