images

२०८३ आश्विन २० गते

images
images
images

स्वयम्भुमा डेंगु सचेतना कार्यक्रम सम्पन्न

स्वयम्भुमा डेंगु सचेतना कार्यक्रम सम्पन्न

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । भदौ ११, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज गीतामाता माध्यामिक विद्यालय, स्वयम्भुको सभाहलमा डेंगु रोगबारे सचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भु र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालय, स्वयम्भुको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

    images
    images

    कार्यक्रमका प्रमुख अतिथि बेल्जियमको Institute of Tropical Medicine की प्रोफेसर डा.रुथ म्युलर रहनु भएको थियो। विशेष अतिथिका रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमाल र इटालियन पत्रकार युरी सागालर्बा तथा सामुदायिक सेवा मञ्चका संस्थापक अध्यक्ष हरि खरेल र पूर्व अध्यक्ष अमिन पाण्डेयको उपस्थिति रहेको थियो।

    कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकालाई प्राकृतिक विज्ञान सङ्ग्रहालयका एसोसिएट प्रोफेसर डा.ईशान गौतमले डेंगु रोग, यसको संक्रमणको कारण, लक्षण तथा रोकथाम सम्बन्धी प्रशिक्षण दिनुभयो। डा.गौतमले कक्षामा डेंगु फैलाउने लामखुट्टे प्रजातिहरू, तिनीहरूको जीवनचक्र र नियन्त्रण उपायबारे व्यवहारिक जानकारी प्रस्तुत गर्नुभयो। उहाँ नै काठमाडौं उपत्यकामा डेंगु फैलाउने लामखुट्टे प्रजातिहरू पहिचान गर्ने विज्ञ पनि हुनुहुन्छ।

    images
    images

    कार्यक्रमले स्थानीय स्तरमा डेंगुबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य पूरा गरेको आयोजक संस्थाहरूले जनाएका छन्। सामुदायिक सेवामा निरन्तर सक्रिय रही आएका सामुदायिक सेवा मञ्च स्वयम्भु र प्रहरी सेवा केन्द्रले यस्ता सचेतना मूलक कार्यक्रम विगत वर्षदेखि नै सञ्चालन गर्दै आएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend