images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • ५३.०१ अंकले बढ्याे नेप्से,सात अर्ब ६८...

५३.०१ अंकले बढ्याे नेप्से,सात अर्ब ६८ करोडको कारोबार

५३.०१ अंकले बढ्याे नेप्से,सात अर्ब ६८ करोडको कारोबार

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५३.०१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ ।बुधबार कारोबार रकम साढे तीन अर्बले बढेको छ । सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार चार अर्ब १८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा सेयर कारोबार रकम तीन अर्ब ४९ करोड ८० लाख रुपैयाँले बढेको हो ।यस दिन एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images

    आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    आज २३२ कम्पनीको सेयरमूल्य बढेको छ । १९ कम्पनीको सेयरमूल्य घटेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेको छ ।कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४० प्रतिशतले बढेको छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend