images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई...

लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौँ । चितवन जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताउनुभयो । 

    images
    images

    यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ ।

     
    सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु  आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend