images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ललितपुर महानगरले गर्‍यो सहकारी संस्थालाई सात...

ललितपुर महानगरले गर्‍यो सहकारी संस्थालाई सात बुँदे निर्देशिका जारी

ललितपुर महानगरले गर्‍यो सहकारी संस्थालाई सात बुँदे निर्देशिका जारी

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • ललितपुर। ललितपुर महानगरपालिकाले आफ्ना क्षेत्रमा रहेका सबै सहकारी संस्थालाई सात बुँदे नयाँ निर्देशन जारी गर्दै कानुनी पालना सुनिश्चित गर्न आग्रह गरेको छ।सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसार संस्थाहरूले निर्धारित जिम्मेवारी पूरा गर्नुपर्ने महानगरको भनाइ छ। महानगरको बुधबारको सूचनामा उल्लेख छ कि सबै सहकारी संस्थाले २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्नेछ। साथै, लेखा परीक्षकको नियुक्ति सम्बन्धी विवरण समयमै महानगरमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    images
    images

    सूचनामा वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने कुरा पनि सम्झाइएको छ। तोकिएको समयभित्र प्रतिवेदन नपठाएमा आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिइएको छ।महानगरले प्रतिवेदन पेश गर्दा सबै आवश्यक चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न संस्थाहरूलाई आग्रह गरेको छ। साथै, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका मापदण्ड तथा निर्देशनहरू कार्यान्वयन गर्न संस्थाहरूलाई सचेत गराइएको छ।

    सूचनामा सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ।

    images
    images



    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend