images

२०८३ आश्विन २० गते

images
images
images

कलेजोलाई स्वास्थ्य राख्ने ६ सर्वोत्तम उपाय

कलेजोलाई स्वास्थ्य राख्ने ६ सर्वोत्तम उपाय

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो कलेजो,  जसले शरीरबाट विषालु तत्त्वहरू बाहिर निकाल्ने, खानालाई ऊर्जामा परिणत गर्ने र धेरै जीवनरक्षक प्रोटिनहरू बनाउन मद्दत गर्छ । तर, पछिल्लो समय परिवर्तित जीवनशैली, अनियमित खानपान र हानिकारक बानीहरूका कारण कलेजो सम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् ।  यदि हामीले केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिइयो भने, हाम्रो कलेजोलाई स्वस्थ राख्न सकिन्छ ।

    images
    images

    १.सन्तुलित आहार सबैभन्दा जरूरी 

    कलेजोलाई स्वस्थ राख्न सबैभन्दा महत्त्वपूर्ण कुरा हो, सन्तुलित आहार । हाम्रो दैनिक खानामा ताजा फलफूल, हरियो पात भएका  तरकारीहरू, साबुत अन्न जस्तै जौ, दाल, ब्राउन राइस र उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुपर्छ । यी खानाले कलेजोको सफाइ र कार्यक्षमता सुधार गर्छन् ।अर्कोतर्फ, प्रशोधित खाना, डिब्बा बन्द गरिएको खाना, धेरै तेलमा तारेको खाना र फास्ट फूडले कलेजोलाई हानि पुर्‍याउँछ र फ्याटी लिभरको सम्भावना बढाउँछ । यस्ता खानाको या त धेरै कम मात्रामा खानुपर्छ वा सकिन्छ भने पूर्णरूपमा बन्द गर्नुपर्छ ।

    images
    images

    २.रक्सी र धूम्रपानबाट टाढा रहने

    रक्सीको सेवन कुनै पनि मात्रामा कलेजोका लागि हानिकारक हुन्छ । यसले कलेजोको कोशिकाहरूलाई नोक्सान पुर्‍याउँछ र समयसँगै सिरोसिस वा लिभर फेलियरको कारण बन्न सक्छ । त्यसैले यदि रक्सी पिउने गरिएको छ भने, तुरुन्तै यसलाई छाड्ने कदम चाल्नुपर्छ ।धूम्रपानले पनि कजेलोलाई हानि पुर्‍याउँछ । चुरोटमा पाइने हानिकारक तत्त्वहरू शरीरमा प्रवेश गरेपछि कलेजोमा दबाब पर्छ र कलेजो क्यान्सरको जोखिम बढाउँछ। त्यसैले धूम्रपानबाट पूर्णरूपमा टाढा रहनु जरूरी छ ।

    ३.नियमित व्यायाम गर्ने

    आजभोलीको व्यस्त जीवनमा नियमित व्यायाम अत्यन्त जरूरी छ । यसले तौललाई नियन्त्रणमा राख्नुका साथै कलेजोमा बोसो जम्ने प्रक्रियालाई पनि रोक्छ । दैनिक कम्तीमा ३० मिनेट तीव्र हिँड्ने, साइकल चलाउने, योग वा हल्का दौडने गर्नाले कलेजोको कार्यक्षमता सुधार हुन्छ र फ्याटी लिभरबाट बच्न सकिन्छ ।

    ४.कलेजोलाई भाइरसबाट बचाउने

    हेपाटाइटिस बी र सी जस्ता रोगहरू भाइरसका कारण हुन्छन् र यिनले सिधै कलेजोलाई प्रभावित गर्छ ।  हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ, जुन समयमै लगाउनुपर्छ ।  यदि कोही व्यक्ति जोखिम समूहमा पर्छ भने, उसले हेपाटाइटिस सीको स्क्रीनिङ पनि गराउनुपर्छ ।  खोप र स्क्रीनिङले यी गम्भीर कलेजो रोगहरूबाट समयमै बच्न सकिन्छ ।

    ५.डाक्टरको सल्लाहबिना औषधि नलिने

    आजकाल धेरैजसो मानिसहरू स–साना रोगहरूमा सिधै फार्मेसीबाट औषधि किनेर खान्छन् । जथाभावी औषधि सेवनले कलेजोलाई हानि पुर्‍याउन सक्छ । विशेषगरी दुखाइ कम गर्ने औषधि पेनकिलर, स्टेरोइडले हानि पुर्‍याउँछ ।आयुर्वेदिक चूर्णहरू, जसमा कहिलेकाहीँ भारी धातुहरू जस्तै सिसा, पारा पाइन्छन् । यिनले पनि कलेजो असर गर्न सक्छ । साथै आजभोलि बजारमा तौल कम गर्ने भन्दै विभिन्न औषधिहरू पाइन्छ ।  त्यसको जथाभावी सेवनले पनि कलेजोमा असर गर्छ । त्यसैले कुनै पनि औषधि सुरु गर्नुअघि डाक्टरको सल्लाह लिनु अनिवार्य छ ।

    ६.पर्याप्त पानी पिउने, तर चिसो पेयबाट बच्ने

    कलेजोलाई सफा राख्नका लागि पर्याप्त मात्रामा पानी पिउनु अत्यन्त जरूरी छ । पानीले शरीरबाट विषालु तत्त्वहरू बाहिर निकाल्न मद्दत गर्छ । विशेषगरी गर्मीको मौसममा शरीरलाई हाइड्रेटेड राख्नु झन् महत्त्वपूर्ण हुन्छ । तर यो मौसममा मानिसहरू चिसो पेयहरूमा बढी आकर्षित हुन्छन्, जुन कलेजोका लागि समेत हानिकारक हुन्छन् । त्यसैले पानी वा घरमा बनाइएका स्वस्थ पेयहरू जस्तै कागती पानी, बेलको सर्बत सेवन गर्नु राम्रो हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend