images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, ...

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्ब माथिको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्ब माथिको कारोबार

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.०२ अंकले घटेर २७४०.९५ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८६ अंकले घटेर ४७१.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर जबारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

    images
    images

    आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend