images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • नेपाल डेन्टल एशोसिएसन पर्सा शाखामा नयाँ...

नेपाल डेन्टल एशोसिएसन पर्सा शाखामा नयाँ कार्यसमिति चयन

नेपाल डेन्टल एशोसिएसन पर्सा शाखामा नयाँ कार्यसमिति चयन

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • पर्सा- नेपाल डेन्टल एशोसिएसन, पर्सा शाखाको निर्वाचन सम्पन्न भई २०८२–२०८४ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचनबाट अध्यक्षमा धनञ्जय माली निर्वाचित  भएका छन्।नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. हरीश कुमार शाह, महासचिवमा डा. रेयाजुल हक, कोषाध्यक्षमा डा. विकास कुमार पटेल र सह–सचिवमा डा. रुद्र प्रताप साह चयन भएका छन्। त्यस्तै सदस्यमा डा. राम प्रकाश राय चनऊ, डा. स्वाति रानी गुप्ता, डा. सुरभी मिश्र र डा. मुकुन्द दाहाल निर्वाचित भएका छन्।

    images
    images

    २०८०/२०८२ कार्यकालको समितिबाट नयाँ समितिलाई दायित्व हस्तान्तरण गर्ने कार्यक्रम भदौ ६ गते नेपाल मेडिकल एशोसिएसन भवन, वीरगञ्जमा सम्पन्न भएको हो। कार्यक्रममा तत्कालीन अध्यक्ष डा. कौशल कुमार सिंह, उपाध्यक्ष डा. हरीश कुमार शाह, कोषाध्यक्ष डा. असद हुसेन, सहसचिव डा. सुशील साह लगायत पूर्व पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा मिनट बुक, कोषाध्यक्षको पुस्तक, चेकबुक, इमेल आईडी, बैंक हस्ताक्षर परिवर्तन पत्रसहितका सम्पूर्ण सामग्रीहरू नयाँ समितिलाई बुझाइएको थियो।

    नव निर्वाचित उपाध्यक्ष डा. हरीश कुमार शाहले दन्त चिकित्सकहरूको हकहितमा संस्था निरन्तर सक्रिय रहने बताए। उनका अनुसार संस्था शैक्षिक कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूसँग ज्ञान र सीपको आदान–प्रदान गर्दै आएको छ। उहाँले दन्त क्षेत्रमा सुधार, अनुसन्धान र अभ्यासी शिक्षामा केन्द्रित भई केन्द्रिय शाखासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend