images

२०८३ आश्विन १७ गते

images
images
images

एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन

एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कॉल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ। धेरै प्रयोगकर्ताहरूले कुनै सेटिङ नबदलेको भए पनि फोनको इन्टरफेस आफैं परिवर्तन भएको देखेपछि सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन्। कसैले यसलाई ह्याकिङसँग जोडिरहेका छन्, त कसैले सरकारी निगरानीको आशंका गरेका छन्।

    images
    images

    तर विज्ञहरू भन्छन्—यो न ह्याकिङ हो, न निगरानी । यो त गूगलले ल्याएको नयाँ सफ्टवेयर अपडेटको नतिजा मात्र हो ।गूगलले यसै वर्ष ‘मटेरियल थ्री डी एक्सप्रेसिभ’ नामको ठूलो अपडेट ल्याउने घोषणा गरेको थियो । यही अपडेटपछि फोनको कलिङ एपमा देखिने डिजाइन र इन्टरफेस बदलिएको हो ।

    अब डायलर खोल्दा पहिले देखिने ‘रिसेन्ट’ र ‘फेभरेट्स’ छुट्टै देखिँदैनन्, ती सबै ‘होम’मा मिसाइएका छन् । एउटै नम्बरबाट आएका कलहरू अब समूहगत नभई समयक्रमअनुसार देखिन्छन्। इनकमिङ कलको डिजाइन पनि बदलिएको छ, ताकि गल्तीले रिसिभ वा कट नहोस् ।यस्तो परिवर्तन अचानक किन भयो भन्ने प्रश्न उठ्छ। यसको कारण हो—गूगल प्ले–स्टोरको अटो अपडेट । धेरै प्रयोगकर्ताले यो सुविधा अन गर्दै राखेका हुन्छन्, जसका कारण एप्स स्वत: अपडेट हुन्छन् । यसैले फोनको डिस्प्ले डिजाइन आफैं बदलिएको हो ।

    images
    images

    वनप्लससहितका कम्पनीहरूले समेत प्रष्ट पारेका छन् कि यो उनीहरूको निर्णय होइन, गुगलको एन्ड्रोइन एपकै अपडेट हो ।यदि तपाईंलाई नयाँ इन्टरफेस मन परेको छैन भने पनि चिन्ता लिनुपर्ने छैन । फोन सेटिङमा गएर ‘अनइन्स्टल अपडेट’ गर्ने विकल्प रोजेपछि डायलर अघिल्लो जस्तै पुरानै स्टाइलमा फर्कन्छ । वा गुगल प्ले स्टोरमा गएर ‘गुगल कन्ट्याक्ट’ एप खोजेर पनि अपडेट अनइन्स्टल गरी डायलरलाई पुरानै स्वरुपमा फर्काउन सक्नु हुन्छ ।यसैले, एन्ड्रोइड फोनको बदलिएको कॉल स्क्रिन देखेर ह्याकिङ वा निगरानीको डर मान्नुपर्ने कारण छैन। यो त गूगलले ल्याएको नयाँ प्रयोग मात्र हो, जसलाई तपाईं चाहनुहुन्छ भने प्रयोग गर्न सक्नुहुन्छ, नचाहे पुरानै शैलीमा फर्किन सक्नुहुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend