images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५...

मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुग्यो

मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुग्यो

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बागमतीः मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०।८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    अघिल्लो आर्थिक वर्ष २०७९।८० मा मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा त्यो सङ्ख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

    खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ।

    images
    images

    तीव्र रुपमा बढेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढेकाले पनि खोप लगाउने बालबालिकाको सङ्ख्या बढेको उनले बताए।

    जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस (जेरी) खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ। आव २०८०।८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

    यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ। सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८।७९ र २०७९।८० मा बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा ८१ प्रतिशतमा झरेको छ।

    यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८।७९ र २०७९।८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताए।

    बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उनको कथन छ। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend