images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ललितपुरमा विपद्‌ पूर्वसूचना दिने अर्ली वार्निङ...

ललितपुरमा विपद्‌ पूर्वसूचना दिने अर्ली वार्निङ प्रणाली जडान

ललितपुरमा विपद्‌ पूर्वसूचना दिने अर्ली वार्निङ प्रणाली जडान

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • ललितपुर । भदौ ८, बाढीजन्य प्राकृतिक विपद्‌बाट समयमै जनजीवनलाई सुरक्षित राख्ने उद्देश्यसहित ललितपुर महानगरपालिकाले अर्ली वार्निङ प्रणाली जडान गरेको छ। हाल महानगर भित्रका दुई स्थानमा यो प्रणाली जडान गरिएको छ, जुन ललितपुरलाई यस्तो प्रविधि स्थापना गर्ने पहिलो स्थानीय तह बनाएको छ।

    images
    images

    महानगरको वडा नं. २८ स्थित हरिसिद्धीको कर्मनाशा पुल र वडा नं। ४ मा रहेको नख्खु खोलामा यो प्रणाली जडान गरिएको हो। बाढीको बहाव असामान्य रुपमा बढेपछि घण्टी बज्ने र त्यसको आवाज झन्डै दुई किलोमिटर सम्म सुनिने महानगरको विपद् व्यवस्थापन शाखाले जनाएको छ।

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले मुख्य दुई नदी आसपासका बस्तीहरूलाई सचेत गराउन यो प्रणाली प्रभावकारी हुने बताए। “यी दुईवटा नदी वरपरका अन्य वडाहरूलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ,” उनले भने, “आवश्यक परे अन्य स्थानहरूमा पनि प्रणाली विस्तार गरिनेछ।”

    images
    images

    महानगरले नगर प्रहरी तथा अन्य सरोकारवालालाई पनि तत्काल जानकारी दिन सकिने संयन्त्र विकास गर्ने तयारी गरेको छ। नगर प्रमुख महर्जनका अनुसार अर्ली वार्निङ प्रणालीको मूल उद्देश्य जनधनको क्षति न्यूनीकरण गर्नु हो।

    एकीकृत विपद् व्यवस्थापनको अभ्यास, विपद्‌ व्यवस्थापनलाई प्रभावकारी बनाउन ललितपुर महानगरले आवश्यक संयन्त्र तथा जनशक्तिलाई एउटै छानामुनि व्यवस्थापन गरेको छ। पुलचोकस्थित दमकल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, उद्धारका लागि डुङ्गा लगायतका सामग्री राखिएको छ।

    महानगर प्रमुख महर्जनले अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद्‌को बेला एम्बुलेन्स, जनशक्ति र उद्धार सामग्रीहरू एकसाथ परिचालन गर्नुपर्ने बताउँदै, “हामीले यही अभ्यास ललितपुरमा पनि लागू गरेका छौं,” भने।

    गत वर्ष असोजमा आएको बाढीका बेला उद्धारका लागि डुङ्गाको अभाव देखिएको भन्दै केही महिना अघि महानगरले नयाँ डुङ्गा खरिद गरिसकेको छ। हाल महानगर सँग साना–ठूला गरी ६ वटा दमकल छन्, जसमा गल्ली भित्र पसेर आगो निभाउन सक्ने दमकल समेत समावेश छन्।

    सचेतना र स्थानीय तहसम्मको तयारी, विपद्‌ जोखिम न्यूनीकरणका लागि वडास्तर सम्म पुगेर महानगरले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको अगुवाइमा वडा स्तरीय स्वयंसेवक समूह गठनको तयारी पनि गरिएको छ।

    स्थानीय स्तरमा विपद्‌ प्रतिकार्य क्षमता वृद्धि गर्ने उद्देश्य सहित महानगरले यो पहल अघि बढाएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend