images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क...

बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधिसभामा माग

बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधिसभामा माग

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

    images
    images

    बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरे।

    “लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उनले भने, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु।” सांसद थिङले सडक दुर्घटना, चट्याङमा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गरे।

    images
    images

    सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराए। “गतवर्ष जाजरकोटमा गएको भूकम्पले सल्यानका विभिन्न ठाउँमा जमिन फाट्ने र ठूला चिरा परिरहेको छ” उनले भने, “तत्काल विज्ञ पठाइ त्यो भूमि प्रयोग गर्न हुन्छ वा हुन्न भनेर निक्र्यौल गर्नुपर्छ, आवश्यकताअनुसार बस्ती सार्न पहल गर्न ध्यानाकर्षण गराउन चाहन्छु।”

    सांसद शान्ति विकले विगत केही समयदेखि स्वदेश तथा विदेशमा महिला हिंसासम्बन्धी घटना विश्वभरि नै देखिएका र महिलाहरू कही पनि सुरक्षित हुन नसकेको देखिएको बताइन्। “नेपालका चेली चाहे देशमा हुन् वा विदेशमा कही पनि सुरक्षित छैनन् भन्ने कुराले स्तब्ध छु”,उनले भनिन्, “सबै घटना मानवताविरोधी क्रुरताको पराकाष्ठा हो।”

    सांसद अमरेशकुमार सिंहले पछिल्लो समय देशमा सडक दुर्घटना बढेको र दुर्घटना कम गराउन सरोकार भएका पक्षको ध्यानाकर्षण गराए। “पटकपटक सडक दुर्घटना भएको छ, यस्तो किन भइरहेको छ? त्यसको जिम्मेवारी कसैले लिनुपर्छ की पर्दैन?” उनले प्रश्न गरे, “सरकारले जिम्मा लिने वा ट्राफिक प्रहरी ? यातायात विभाग वा कसले लिने हो ? यसको जवाफसहित दिनप्रतिदिन खस्किँदै गएको सडकको गुणस्तर सुधारमा लाग्नुपर्छ।”

    सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको सहसुस दिलाउन आग्रह गरे। उनले भने, “नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन मन्त्रालयलाई आग्रह गर्न चाहान्छु कि नेपालमा आएका भारतीय पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने काम सरकारको हो।”

    सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend