images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा पहिरो, नेप्से ...

सेयर बजारमा पहिरो, नेप्से २७८२ बिन्दुमा कायम

सेयर बजारमा पहिरो, नेप्से २७८२ बिन्दुमा कायम

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  •  काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images

    २० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटे ।बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटे ।

    तीन कम्पनी तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त, दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको ९.८, कर्णाली विकास बैंकको ९.४, विन नेपाल लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो ।नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । रिडी पावरको ८.५, नेसनल हाइड्रोपावरको ७.६, शिवश्री हाइड्रोपावरको ७.४ तथा घलेम्दी हाइड्रोपावरको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend