images

२०८३ आश्विन २४ गते

images
images
images

नर्भिक हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव

नर्भिक हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयरमा लाग्ने कर भने नगद लाभांशबाट काटिने व्यवस्था गरिएको छ।

    images
    images

    लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले वार्षिक साधारण सभा बोलाएको छ। सभा भदौ २९ गते दिउँसो साढे १२ बजे काठमाडौंको थापाथलीस्थित कार्यालयमा आयोजना हुनेछ। सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, चालु आव २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहनेछ।

    यसपटकको सभाको अर्को महत्वपूर्ण एजेन्डा भनेकै नयाँ सञ्चालकको निर्वाचन र सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीको जारी पुँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend