images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बिवाइडी गाडीको मूल्य १० लाख रूपैयाँसम्म...

बिवाइडी गाडीको मूल्य १० लाख रूपैयाँसम्म बढ्यो, यस्तो छ नयाँ मूल्य सूची

बिवाइडी गाडीको मूल्य १० लाख रूपैयाँसम्म बढ्यो, यस्तो छ नयाँ मूल्य सूची

images
images
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
  • बिवाइडीका गाडीहरूको मूल्य बढेको छ। 

    images
    images

    बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बिवाइडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजना गरेको हो। 

    सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण मूल्य समायोजन गरेको कम्पनीले जनाएको छ।

    images
    images

    सरकारले विद्युतीय गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तशुल्क वृद्धि गरेको हो। 

    नयाँ मूल्य सूची अनुसार बिवाइडीको एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार रूपैयाँ तोकिएको छ।

    एट्टो ३ सुपेरिअरको मूल्य भने ६७ लाख ८० हजार तोकिएको छ। यी गाडीको मूल्य क्रमशः ९१ हजार र एक लाख ९२ हजार रूपैयाँ बढेको हो। 

    त्यसैगरी बिवाइडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रूपैयाँबाट एक लाख ३५ हजार रूपैयाँ बढेर ४१ लाख १५ हजार रूपैयाँ पुगेको छ। 

    बिवाइडी सिलको तीन भेरियन्टको मूल्य क्रमशः एक करोड १० लाख, एक करोड ४५ लाख ५० हजार र एक करोड ९५ लाख पुगेको छ। यी तीन भेरियन्टको मूल्य क्रमशः पाँच लाख, ६ लाख ५० हजार र १० लाख रूपैयाँ बढेको हो। 

    हाल बिवाइडीले बजारमा राम्रो प्रदर्शनी गरिरहेको छ। साइमेक्स इंकले आगामी दिनमा नेपाली ग्राहकहरूलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री नयाँ मोडलका विद्युतीय गाडी सार्वजनिक गर्ने जनाएको छ। 

    बिवाइडी हाल चलिरहेको युरो २०२४ को प्रायोजक हो। यसले विश्वस्तरमा दिगो मोबिलिटीका लागि कम्पनीले प्रतिबद्धता दर्शाएको छ। 

    यस्तो छ बिवाइडीका नेपालमा उपलब्ध विभिन्न मोडलको नयाँ मूल्य सूचीः 

     

     

    मोडल भेरियन्ट हालको मूल्य नयाँ मूल्य बढेको मूल्य
    बिवाइडी एट्टो ३ एड्भान्स्ड ५५,९९,००० ५६,९०,००० ९१,०००
    बिवाइडी एट्टो ३ सुपेरिअर ६५,८८,००० ६७,८०,००० १,९२,०००
    बिवाइडी डल्फिन - ३९,८०,००० ४१,१५,००० १,३५,०००
    बिवाइडी सिल डाइनामिक १,०५,००,००० १,१०,००,००० ५,००,०००
    बिवाइडी सिल प्रिमियम १,३९,००,००० १,४५,५०,००० ६,५०,०००
    बिवाइडी सिल पर्फमेन्स १,८५,००,००० १,९५,००,००० १०,००,०००

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend