काठमाडौं । भदौ ५, पछिल्ला चार कारोबार दिनदेखि नेपाली सेयर बजार (नेप्से) निरन्तर एकल अंकमा उतारचढाव देखाउँदै आएको छ। सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेको थियो भने त्यसपछिका दिनमा क्रमशः ६.५१ अंकको वृद्धि पछि बुधबार ९.७० र बिहीबार ९.२२ अंकले घटेको देखिएको छ। साउन १३ गते ३००२ अंकसम्म पुगेको नेप्से हाल २७५७ अंकमा झरेको छ, जुन तीन सातामा करिब ८.१६% को गिरावट हो।
कारोबार रकममा ठूलो गिरावट,बजारको स्थायित्व अभावले लगानीकर्ताको मनोबल घटेको छ, जसको सीधा असर दैनिक कारोबार रकममा परेको छ।
साउन ११ गते सेयर बजारमा २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो।
यता आइतबार देखि बिहीबार सम्मको कारोबार क्रमशः सोमबारः ६ अर्ब १७ करोड, मंगलबारः ५ अर्ब ६३ करोड,बुधबारः ५ अर्ब २० करोड,बिहीबारः ५ अर्ब २ करोड
लगातार कारोबार खुम्चिनुको कारण बजारमा खरिद र बिक्री दुवै पक्ष आक्रामक नभएको देखिन्छ।
किन घट्दै छ बजार? स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार, बजार घट्ने क्रममा लगानीकर्ता ‘फसेको’ अनुभव गर्छन्, जसका कारण दुवै पक्ष (बिक्री र खरिद) पर्खाइमा बस्छन्।
लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने, “लाभांश सिजन सुरु हुन लागेकोले बिक्री गर्नेहरु हतारिएका छैनन् भने खरिद गर्नेहरु अझै बजार घट्न सक्ने अनुमान गर्दै पर्खिरहेका छन्।”
सिजनल प्रभाव र मनोवैज्ञानिक पक्ष,ऐतिहासिक रूपमा साउन–भदौमा बजारमा सिजनल रौनक देखिन्छ, जुन पछि मंसिर–पुसतिर बजार सुस्ताउने गर्छ।
गत वर्ष साउन ३१ गते नेप्से ३००० अंक पुगेको थियो, जुन त्यही वर्षकै उच्चतम थियो। यसपालि पनि ३००२ अंक नै उच्च बिन्दु हुन सक्ने आशंका व्यक्त गरिएको छ। धेरै ठूला व्यापारीले साउन–भदौको बुल रनमा सेयर बेचेर त्यो पैसा चाडपर्वका लागि प्रयोग गर्ने गरेका छन्। तिनको पूँजी फिर्ता नभए सम्म बजारमा गति आउँदैन।
ढुंगाना भन्छन् कि बजारमा ब्याजदर घट्दो, कम्पनीहरूको वित्तीय विवरण सुधारिएको, नीतिगत सुधार भएको, र लाभांश क्षमता बढेको जस्ता कारणले बजार दीर्घकालीन रूपमा सकारात्मक देखिन्छ। तर अहिलेको पर्खाइ मनोवृत्तिका कारण तत्काल ठूलो उछालको सम्भावना छैन।




.gif)





