काठमाडौं,भदौे, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा कायम भएको छ। समग्र बजार ओरालो लागेपनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।
आज ३१९ कम्पनीको कुल १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा धेरै लाभ विकास हाइड्रोपावरका लगानीकर्ताले गरे, जसले ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ। त्यसपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.३७ प्रतिशत र मुक्तिनाथ डिबेञ्चरका इकाईधनीले ३.३५ प्रतिशतले कमाएका छन्।
त्यसैगरी, आज सबैभन्दा धेरै घाटा जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले बेहोरेका छन्, जसको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमको हिसाबले हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको सेयरमा २४ करोड ९ लाख रुपैयाँको कारोबार भयो। दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी (२० करोड ९ लाख) र तेस्रोमा बलेफि हाइड्रोपावर (९१४ करोड १९ लाख) रहेका छन्।




.gif)





