काठमाडौँः साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर २७६७.५१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४७४.६० विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटाको मात्रै बढेको छ ।
आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ३१ हजार ५६९ कित्ता सेयर ५६ पटक खरिद बिक्री हुँदा १० लाख ८० हजार ६१ रुपैयाँको कारोबार भएको छ।




.gif)





