images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौँ । भदौ ५, स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु १,९४,८०० पुगेको छ, जुन हिजोको तुलनामा रु १,३०० ले बढी हो।

    images
    images

    बुधबार तोलाको मूल्य रु १,९३,५०० मा कारोबार भएको थियो। चाँदीको मूल्य पनि केही बढेर तोलाको रु २,२९० पुगेको छ, जुन हिजोको तुलनामा रु ३५ ले बढी हो।

    महासङ्घले बजार मूल्य अन्तर्राष्ट्रिय बजारको चाल, डलरको विनिमय दर, माग र आपूर्तिलगायतका आधारमा निर्धारण गर्ने गर्छ।

    images
    images

    यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रति औँस सुनको मूल्य ३,३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको असर स्थानीय बजारमा पनि देखिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend