images

२०८३ आश्विन १७ गते

images
images
images

रुपन्देहीमा ५ अर्ब ६७९ करोड लागतमा अत्याधुनिक इन्धन डिपो बनाउँदै आयल निगम

रुपन्देहीमा ५ अर्ब ६७९ करोड लागतमा अत्याधुनिक इन्धन डिपो बनाउँदै आयल निगम

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने भएको छ। निगमको क्षमता वृद्धि परियोजनाले करिब पौने ६ अर्ब रुपैयाँको लगानीमा सो परियोजना निर्माण गर्न लागेको हो । लुम्बिनी प्रदेशको बढ्दो इन्धन मागलाई सम्बोधन गर्न र हाल सञ्चालनमा रहेको डिपोको सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । परियोजनाको काम चालु आर्थिक वर्ष २०८२/८३ बाटै प्रारम्भ हुने निगमले जनाएको छ।

    images
    images

    उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मा पाएको काठमाडौँ विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागले बुधबार परियोजना डीपीआर हस्तान्तरण गरेको छ । डीपीआर निर्माणका लागि विश्वविद्यालय र निगमबिच २०८१ साल मङ्सिर ११ गते सम्झौता भएको थियो।परियोजनाको लागि सो क्षेत्रमा रहेको थप साढे ८ बिगाहा पर्ति जग्गालाई निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत पहल भइरहेको निगमले जनाएको छ। साथै, डिपो प्रवेश गर्ने मुख्य बाटोसँग जोडिएको करिब साढे पाँच बिगाहा जग्गा पनि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्राप्त गर्ने प्रक्रिया थालनी गरिएको निगमले जनाएको छ ।

    उक्त परियोजनाका लागि कर बाहेक कुल ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ ५६ पैसा लागत अनुमान गरिएको छ। निर्माण हुने नयाँ डिपो अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ, जहाँ इन्धन भण्डारण गृहका अतिरिक्त कर्मचारी आवास गृह, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै आवास, ट्याङ्कर चालकहरूका लागि आराम गर्ने संरचना, सुरक्षा पोस्ट, इलेक्ट्रिक प्यानल, जेनेरेटर र फराकिलो पार्किङ क्षेत्रजस्ता आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछन्।हाल निगमले लुम्बिनी प्रदेशमा रुपन्देहीको भलवारीस्थित प्रादेशिक कार्यालयबाट इन्धन वितरण गर्दै आएको छ। तर, करिब साढे पाँच गाहा क्षेत्रफलमा फैलिएको यो डिपो अत्यन्त साँघुरो हुनुका साथै यसको भण्डारण क्षमता पनि अपर्याप्त रहेको निगमले जनाएको छ।

    images
    images

    हाल भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल  ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ । यो प्रदेशको वर्तमान खपतलाई केही दिन मात्रै धान्न पर्याप्त हुन्छ । नयाँ बन्ने डिपोमा ४५०० किलोलिटर क्षमताका तीनवटा डिजेलको भर्टिकल ट्याङ्क, २१०० किलोलिटर क्षमताका २ वटा तथा ७६० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्क र ७६ किलोलिटरमा ३ वटा मट्टितेलका भर्टिकल ट्याङ्क रहनेछन् । यो समेत गरी डिजेल १३५००, पेट्रोल ४९६० किलोलिटर र मट्टितेल २२८ किलोलिटर भण्डारण क्षमता बन्ने निगमले जनाएको छ ।  अहिले डिपो रहेको भलवारी डिपोको सबैभन्दा ठुलो चुनौती सुरक्षाको थियो।  बुटवल भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घना बस्तीको बिचमा अवस्थित भएकाले यहाँबाट पेट्रोलियम जस्तो अति प्रज्वलनशील पदार्थको दैनिक कारोबार गर्नु अत्यन्तै जोखिमपूर्ण रहेको र सुरक्षा चुनौती बढेको भन्दै स्थानीयवासीले लामो समयदेखि डिपोलाई सुरक्षित र फराकिलो स्थानमा सार्न निरन्तर खबरदारी र विरोध प्रदर्शन गर्दै आएका छन् । 

    यही समस्याहरूलाई स्थायी रूपमा समाधान गर्दै लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको सहज, सुरक्षित र दिगो आपूर्ति सुनिश्चित गर्न नयाँ डिपो निर्माणको निर्णय लिइएको निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादव बताउँछन् । नयाँ डिपोको निर्माण पश्चात् भलवारी क्षेत्रको सुरक्षा जोखिम हट्ने तथा प्रदेशको बढ्दो मागअनुसार इन्धन भण्डारण गरी आपूर्तिलाई सहज बनाउन ठुलो मद्दत पुग्ने विश्वास निगमले लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend