images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ह्वाट्सएप ग्रुपमा यसरी प्रयोग गर्नुहोस् ‘शेड्युल...

ह्वाट्सएप ग्रुपमा यसरी प्रयोग गर्नुहोस् ‘शेड्युल कल’ सुविधा

ह्वाट्सएप ग्रुपमा यसरी प्रयोग गर्नुहोस् ‘शेड्युल कल’ सुविधा

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । ह्वाट्सएपले ग्रुप च्याटमा कल शेड्युल गर्ने सुविधा उपलब्ध गराएको छ । अब प्रयोगकर्ताले पहिले नै दिन र समय सेट गरेर मिटिङ वा ग्रुप कल राख्न सक्नेछन् ।

    images
    images

    हाल यो सुविधा ग्रुप च्याटमा मात्र उपलब्ध छ तर छिट्टै पर्सनल च्याटमा पनि ल्याउने घोषणा ह्वाट्सएपले गरेको छ । यसमा स्क्रिन शेयर गर्ने सुविधा समेत छ । यो टिप्सको भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् । यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिला मिटिङ शेड्युल गर्न चाहेको ह्वाट्सएप ग्रुपमा जानुहोस् । 


    अनि त्यहाँ रहेको पेपरक्लिप आइकन (attach icon) ट्याप गरेर Event रोज्नुहोस्।

    images
    images


     

    Create event मा गएर मिटिङको नाम, दिन र समय सेट गर्नुहोस्।

    शेड्युल कलमा ग्रुप बाहिरका सदस्यलाई पनि जोड्न सकिन्छ।
    त्यसका लागि तलको Allow guests टोगल अन गर्नुहोस् । 

    शेड्युलका लागि अडियो वा भिडिओ कल दुवैको विकल्प उपलब्ध छ, जुन तपाईँले आफ्नो अनुकूलता अनुसार चयन गर्न सक्नु हुनेछ । Call Type मा गएर यसलाई छान्न सक्नु हुन्छ । 


     

    तल दायाँ कुनाको सेन्ड आइकन थिच्नु भयो भने तोकिएको समयमा सबै ग्रुप सदस्यलाई अटोमेटिक नोटिफिकेसन जान्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend