images

२०८३ आश्विन २० गते

images
images
images

जंगली च्याउ खाएका वृद्ध दम्पती, एक दिनको अन्तरमा दुवैको मृत्यु

जंगली च्याउ खाएका वृद्ध दम्पती, एक दिनको अन्तरमा दुवैको मृत्यु

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • रुपन्देही । बुवाआमालाई उपचारका लागि दाङको अस्पताल ल्याएका रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीका मनबहादुर वलीले दुवैलाई बचाउन सकेनन् ।आफैं गाडीमा राखेर ल्याएका उनले एक दिनको अन्तरमा आमा र बुवा दुवैलाई गुमाएपछि ठूर्लोे विपत्ति आइलागेको छ ।घर नजिकैको जंगली च्याउ खाएर गम्भीर बिरामी परेका ती दम्पत्तीले एक दिनको अन्तरमा ज्यान गुमाएपछि मनबहादुरलाई एकैपटक विपत्ति आइलागेको हो ।

    images
    images

     २७ गते परिवर्तन गाउँपालिका वडा नं २ राङसी गाउँका ती वृद्ध दम्पतीले जंगलबाट ल्याएको च्याउ पकाएर खाएको दिन विरामी परेका थिए । उनीहरुको उपचारमा क्रममा मृत्यु भएको हो ।

    गाउँबाट गम्भीर अवस्थामा दाङ ल्याएर उपचार गराइरहेका उनीहरुको एक दिनको फरकमा मृत्यु भएको र सँगै पोष्टमार्टम तथा अन्त्येष्टि पनि दाङमै गरिएको परिवर्तन गाउँपालिक २ का वडाध्यक्ष हरिप्रसाद बुढामगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार र आइतबार मृत्यु भएको हो ।घटना विवरणअनुसार ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले साउन २७ मा च्याउ खाएका थिए ।

    images
    images

    जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएपछि नजिकै प्राथमिक उपचार गरिएपनि ठीक नभएपछि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । शनिबार राति प्रतिष्ठानमा ल्याइएका उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो ।साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend