images

२०८३ आश्विन २० गते

images
images
images

खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै

खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • खोटाङ । खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएका बिरामीमध्ये दुई/दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ ‘रिफर’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

    images
    images

    दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको प्रमुख चौलागाईंले बताए । जिल्लाका छ÷छ महिला÷पुरुषमा डेङ्गु तथा नौ पुरुष र पाँच महिलामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमण देखिएका कतिपय बिरामी उपचारपछि घर फर्किएका छन् भने कतिपय उपचाररत रहेको जिल्ला अस्पतालका प्रमुख डा.रुपेश सङ्ग्रौलाले जानकारी दिए ।

    ‘यो समयमा बर्सेनि डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित आउने गरेका छन् । जिल्ला अस्पतालमा जटिल किसिमका बिरामीको उपचार गर्ने व्यवस्था छैन । यो सङ्क्रमणले रगत उत्पादन गर्ने ग्रन्थी ‘प्लेटलेट’मा असर गर्छ,’ उनले भने, ‘डेङ्गु तथा स्क्रबटाइफसका सङ्क्रमित मात्र नभई अन्य बिरामीको सङ्ख्या पनि यहाा वृद्धि भइरहेको छ । दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा उपचारमा समस्या भएको छ ।’जिल्लामा डेङ्गु तथा स्क्रबटाइफसको सङ्क्रमण बढ्दै गएपछि लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    images
    images

    स्वास्थ्य कार्यालयले दिक्तेलमा आयोजना गरेको सर्वपक्षीय भेलाले जिल्लाका दशवटै स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिकस्थललगायतमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।डेङ्गु लामखुट्टेबाट सर्ने रोग भएकाले त्यसबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनाका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिन्छ ।

    डेङ्गु रोगको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने जनाइएको छ । माइट (कीरो) को टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिला भए जोखिम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend