images

२०८३ आश्विन १६ गते

images
images
images

रामेछापमा ४.० रिक्टरको भूकम्प,वरपरका जिल्लामा धक्का

रामेछापमा ४.० रिक्टरको भूकम्प,वरपरका जिल्लामा धक्का

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँः भदौ २, रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रामेछाप तथा वरपरका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

    उक्त भूकम्प हालैका दिनहरूमा नेपालमा भइरहेको स–साना परकम्पहरूको क्रम सँग सम्बन्धित भएको अनुमान गरिएको छ। भूकम्पको धक्का अनुभव गर्ने स्थानीयवासी केहीबेरका लागि त्रसित बनेका थिए।

    images
    images

    केन्द्रले नागरिकलाई सतर्क रहन आग्रह गर्दै यस्ता प्राकृतिक घटनाबारे समयमै जानकारी लिन अनुगमनमा रहन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend