images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन...

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • पोखरा । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

    images
    images

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित भएको उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकको सहभागिता रहेको थियो ।

    कम्पनीका अनुसार बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी ( सीआई/भीआई) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई  एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ ।

    images
    images

    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो । नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौँ । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend