images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • साताको पहिलो दिन सेयर बजार...

साताको पहिलो दिन सेयर बजार घट्यो,सात अर्ब ७३ करोड रूपैयाँको कारोबार

साताको पहिलो दिन सेयर बजार घट्यो,सात अर्ब ७३ करोड रूपैयाँको कारोबार

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा आइपुगेको छ। बजार खुलेको केही समयमा २८०३ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन। यस दिन कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन सात अर्ब ७३ करोड रूपैयाँको कारोबार भएको हो। गत बिहीबार सात अर्ब ४६ करोड रूपैयाँको कारोबार भएको थियो। 

    images
    images

    आइतबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये सामुहिक लगानी कोष समूहमा मात्रै सुधार देखिएको छ। व्यापारमुलक र अन्य समूहगत परिसूचक सबैभन्दा धेरै १.५९ र १.५१ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३१७ धितोपत्रमध्ये ८४ वटाको मूल्य बढेको छ। दुई सय २२ वटाको सेयर मूल्य घटेको छ। राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेर ११ रूपैयाँ ०३ पैसा पुगेको छ। 

    आरबीबी म्युचुअल फण्ड एकमा २० प्रतिशत नगद लाभांश दिने भएपछि मूल्य बढेको हो। सम्पदा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेर ९८९ रूपैयाँमा कारोबार भएको छ। यसदिन सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ। कम्पनीको ५१ करोड ६७ लाख रूपैयाँको कारोबार भएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend