images

२०८३ आश्विन १६ गते

images
images
images

एशियन होटलले आईपीओ निष्कासन गर्ने

एशियन होटलले आईपीओ निष्कासन गर्ने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने भएको छ । कम्पनीले ३५ लाख कित्ता शेयर जारी गरी जम्मा ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।

    images
    images

    एशियन होटल भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि सञ्चालनमा छ । आईपीओबाट पैसा उठाएर होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना कम्पनीको रहेको छ ।

    होटल सन् २०२१ मा स्थापित भएको हो । होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend