images

२०८३ आश्विन २० गते

images
images
images

चितवनमा विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवनमा विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • चितवन । यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो । दाँत नभएको ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्ने आधुनिक प्रविधिलाई ‘इम्प्लान्ट’ भनिन्छ । फाउन्डेसनका अध्यक्ष डा अजय न्यौपानेका अनुसार अतिविपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ ।

    images
    images

    इम्प्लान्ट प्रविधिबाट दाँत प्रत्यारोपण गर्न महँगो भएकाले आर्थिक रूपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उनले बताए ।एउटा दाँत राख्न नै एक लाख रुपैयाँ हाराहारी खर्च आउने डा न्यौपानेको भनाइ छ । न्यौपानेले भने, ‘सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिए पनि केही मानिसलाई मुस्कान दिन र आत्मबल बढाउन यो कार्यक्रम ल्याएका हौँ ।’उनका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउन्डेसनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि कम्तीमा तीनदेखि ६ महिना लाग्ने डा न्यौपानेले जानकारी दिए ।

    साइराम डेन्टल केयरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेषगरी बायोहोराइजन कम्पनीका उत्पादन दुई वर्षदेखि प्रत्यारोपण गर्न लागिएको उनको भनाइ छ । फाउन्डेसनका डा सरु थापाले अगाडिका दाँत नहुँदा मानिसमा आत्मबल पनि कमजोर हुने भएकाले विपन्नलाई सहयोग गर्न कार्यक्रम अघि सारिएको बताइन् । उनले भनिन्, ‘फाउन्डेसनले अन्य दातासमेत खोजेर आफ्नो समेत सहयोगमा विपन्नलाई सहयोग गर्नेछ ।’चिकित्सक दम्पतीले फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका काम गर्दै आएका छन् ।फाउन्डेसनका अध्यक्ष डा न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख एवं जिल्लाका पुराना दन्त चिकित्सक हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend