images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज...

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी ६० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नेपाल राष्ट्र बैंकले आज भदौ १ गते ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।यो ३१ दिने निक्षेप संकलन उपकरणको असोज १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend