images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • भदौमा व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम...

भदौमा व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर घट्यो (सूचीसहित)

भदौमा व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर घट्यो (सूचीसहित)

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • पछिल्ला महिना निरन्तर घट्दै गइरहेको वाणिज्य बैंकहरुको ब्याजदर भदौ महिनाका लागि पनि थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेको थियो । भदौ महिनाको लागि घटेर ५.५७ प्रतिशतमा कायम भएको छ ।

    images
    images

    यस्तै, साउनको तुलनामा भदौमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईसहित ८ बैकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छ । प्रभु बैंकले ब्याजदर वृद्धि गरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दबाब दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

    व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर  (प्रतिशत)

    images
    images
    बैंक साउनको ब्याजदर भदौको ब्याजदर
    कृषि विकास ५.४ ५.२
    एभरेस्ट ६.२५ ५.७५
    नेपाल ५.४ ५.४
    लक्ष्मी सनराइज ५.५ ५
    माछापुच्छ्रे ६ ६
    एनआईसी एसिया ६.२५ ६.२५
    प्रभु ४.२५ ५.३५
    स्टान्डर्ड चार्टड ६.२६ ५.१३
    राष्ट्रिय वाणिज्य ५.५ ५.५
    नबिल ५.५ ५.५
    ग्लोबल आईएमई ६ ६
    सिद्धार्थ ५.७५ ५.५
    प्राइम कमर्सियल ६ ६
    कुमारी ५.४१ ५.२१
    सानिमा ६.१८ ५.७५
    हिमालयन ६ ६
    नेपाल एसबीआई ५.३५ ५.२५
    इन्भेस्टमेन्ट मेगा ५.२५ ५.२५
    एनएमबी ६ ६
    सिटिजन्स ५.५ ५.५

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend