काठमाडौंः साउन ३०–काठमाडौंको सामाखुशीस्थित एनसीएमटी (NCMT) कलेजले नयाँ शैक्षिक सत्रको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ। कलेजले भर्ना हुने विद्यार्थीहरूलाई २५% शुल्क छुटको व्यवस्था गरेको छ भने, यसका साथै भर्ना गर्दा वान प्लस (OnePlus) स्मार्टफोन निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ।
जस अनुसार, यो अफर सीमित समयका लागि मात्र लागू हुनेछ। व्यवस्थापन समूहका अनुसार, विद्यार्थीहरूलाई प्रविधि र शिक्षा दुबैमा सशक्त बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो।
एनसीएमटी कलेजले व्यवस्थापन, विज्ञान तथा सूचना प्रविधि सम्बन्धी विभिन्न स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सुविधाजनक स्थान, अनुभवी प्राध्यापक टोली र अत्याधुनिक शिक्षण पद्धतिका कारण कलेज विद्यार्थीहरू बीच लोकप्रिय हुँदै गएको छ।
अफर सम्बन्धी थप जानकारी तथा भर्ना प्रक्रियाका लागि कलेजको वेबसाइट वा प्रशासन कार्यालयमा सिधा सम्पर्क गर्न सकिनेछ।




.gif)





