images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • विद्यालयको निःशुल्क खाजा खाँदा इन्डोनेशियामा ३६५...

विद्यालयको निःशुल्क खाजा खाँदा इन्डोनेशियामा ३६५ जना बिरामी

विद्यालयको निःशुल्क खाजा खाँदा इन्डोनेशियामा ३६५ जना बिरामी

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • जकार्ता । इन्डोनेशियाको मध्य जाभामा विद्यालयमा वितरण गरिएको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी परेका छन्। राष्ट्रपति पाबोवो सुबियान्तोले सुरु गरेको निःशुल्क खाजा कार्यक्रममा यसअघि पनि खाद्य विषाक्तता (फुड प्वाइजनिङ) का घटना देखिएका थिए, तर यति धेरै मानिस एकैपटक बिरामी परेको यो पहिलो घटना हो।

    images
    images

    घटना भएपछि मध्य जाभाको श्रागेनमा निःशुल्क खाजा वितरण कार्यक्रम अस्थायी रूपमा रोकिएको छ। स्थानीय अधिकारीका अनुसार विषाक्तताको कारण पत्ता लगाउन खाजाको नमुनाको परीक्षण भइरहेको छ।

    राष्ट्रपतिको यो कार्यक्रममा करिब २८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। लगातार देखिएका फुड प्वाइजनिङका घटनाले कार्यक्रममाथि छायाँ पारेको छ भने, यसको उच्च लागतका कारण पनि आलोचना बढेको छ। यस कार्यक्रमका लागि धेरै मन्त्रालयको बजेट कटौती गरिएको थियो, जसले सरकारी खर्चमा थप दबाब सृजना गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend