images

२०८३ आश्विन १५ गते

images
images
images

पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सिडिई) सचिन्द्र कुमार यादवविरुद्ध ९६ लाख ८५ हजार रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार, यादवले सार्वजनिक पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अनुसन्धानबाट पुष्टि भएको हो।

    images
    images

    यादवले आफ्नो सेवा अवधिमा २ करोड ६८ लाख १८ हजार रुपैयाँ वैध रूपमा आर्जन गरेको देखिए पनि सोही अवधिमा उनको खर्च तथा लगानी ३ करोड ६५ लाख ४ हजार रुपैयाँभन्दा बढी देखिएको छ।अनुसन्धानका क्रममा यादवको आय र व्ययबीच ९६ लाख ८५ हजार ५५३ रुपैयाँको स्रोत खुलाउन नसकिएको अख्तियारले जनाएको छ।अख्तियारले २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको अवधिलाई आधार मानेर उनको सम्पत्ति छानबिन गरेको थियो।

    आयोगले यादवको वैध आयस्रोतमा तलबभत्ता, भ्रमणभत्ता, घरबहाल, परामर्श शुल्क, कृषि आय, जग्गा बिक्री, र बैंकको ब्याजलाई समावेश गरेको थियो।यस्तै, उनको खर्चमा घरजग्गा खरिद, घर निर्माण, सेयर लगानी, शैक्षिक खर्च, र बैंक कर्जा भुक्तानी जस्ता शीर्षकहरू देखिएका छन्।अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार यादवमाथि बिगो बराबरको जरिवाना, कैद सजाय र गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै, सम्पत्ति विवरणमा झुठो विवरण पेस गरेको आरोपमा थप कारबाहीको पनि माग गरिएको छ।

    images
    images

    यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी आशा कुमारी यादवको नाममा समेत राखेको पाइएकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend