images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरूको नाफामा भारी सुधार,कुन बैंकको...

वाणिज्य बैंकहरूको नाफामा भारी सुधार,कुन बैंकको नाफा कति ?

वाणिज्य बैंकहरूको नाफामा भारी सुधार,कुन बैंकको नाफा कति ?

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा साढे ७१ अर्ब रूपैयाँ खुद नाफा गरेका छन् । उनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ४४ प्रतिशतले बढाएका हुन् ।वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षमा ४९ अर्ब ५७ करोड ८७ लाख रूपैयाँ खुद नाफा गरेका थिए । गत आवमा भने २२ अर्ब रूपैयाँ बढी अर्थात् ७१ अर्ब ४५ करोड ८ लाख रूपैयाँ नाफा गरेका छन् ।

    images
    images

    २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल हो । दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहँदा तेस्रोमा ग्लोबल आईएमई, चौथोमा प्रभु र पाचौंमा एभरेष्ट रहेको छ ।गत आव ५ बैंकले चामत्कारिक सुधार गरेको देखिएको छ । कुमारी बैंकले नाफा ४५८ गुणाले बढाउँदा नेपाल बैंकले १३१ गुणा र प्रभु बैंकले करिब १० गुणाले नाफा बढाएको छ । यसैगरी माछापुच्छ्रे बैंकले पनि नाफा करिब दोब्बर बनाउँदा एनआईएमबिले ६४ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

    ४ बैंकले भने अघिल्लो आवभन्दा कम नाफा गरेका छन् । सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।२० मध्ये नबिलले मात्र ७ अर्बभन्दा बढी नाफा गर्दा २ बैंकले ६ अर्बभन्दा बढी, एउटाले ५ अर्ब बढी, ४ वटाले ४ अर्ब भन्दा बढी र ५ वटाले ३ अर्बभन्दा बढी खुद नाफा गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend