images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा सामान्य...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा सामान्य वृद्धि

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा सामान्य वृद्धि

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले कमाएको ६८ करोड ५३ लाख रुपैयाँ नाफाको तुलनामा ०.४८ प्रतिशतले बढी हो । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले १३.९६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

    images
    images

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ९५ करोड ३७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा १०.३५ प्रतिशतले घटेको छ।गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १३.४८ प्रतिशतले बढेको छ।चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ६८ करोड ४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४१ करोड ७३ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७४ करोड ८ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ६५ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४३ प्रतिशत थियो।बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १४.१२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.४८ रुपैयाँ थियो। पीई रेसियो ३०.५९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.४२ रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend