images

२०८३ आश्विन २४ गते

images
images
images

लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशत बढ्यो

लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशत बढ्यो

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा करिब ४१ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो ।बैंकको खुद ब्याज आम्दानी सामान्य घटे पनि नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) घटेपछि नाफामा वृद्धि देखिएको हो । अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ११ अर्ब ३७ करोड रुपैयाँ छ ।

    images
    images

    त्यस्तै अघिल्लो आर्थिक वर्ष कर्जा नोक्सानी व्यवस्थापनवापत ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब १८ करोड रुपैयाँ छ ।वार्षिक प्रतिसेयर आम्दानी बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १२.५९ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६.९१ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १२.३४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ ।

    निष्क्रिय कर्जा घटाउन बैंक सफल भएको छ। अघिल्लो आर्थिक वर्ष कुल कर्जामा यस्तो कर्जा ४.६३ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म झरेर ४.२५ प्रतिशत छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend