images

२०८३ आश्विन १७ गते

images
images
images

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भएको छ।अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा २१ करोड ७८ लाख रूपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो। एक वर्षको अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३६ प्रतिशतले बढेको छ।

    images
    images

    कम्पनीले कुल ८ अर्ब २ करोड ७८ लाख रूपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ भने यस अवधिमा ६२ करोड ४० लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ।गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत र रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ।अघिल्लो वर्षको तुलनामा कम्पनीको सेयरमूल्य बढेर प्रति सेयर आम्दानी २६.२५ रूपैयाँ र नेथवर्क प्रति सेयर १७९.६३ रूपैयाँ पुगेको छ।

    अग्रज एवम् अनुभवी उद्योगपति शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुरू गरेको थियो।कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरूमा सहज र सुलभ फाइनान्सको सुविधा दिँदै आएको छ।हुलास फिनसर्भको यो आर्थिक उपलब्धिले कम्पनीको सेवा, सुविधा लिनेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको पुष्टि गरेको छ।

    images
    images

    हुलास फिनसर्भले दिँदै आएको सेवा, सुविधाले विशेषत न्यून तथा मध्यम आयस्रोत भएकाहरूलाई आफ्नो आधारभूत आवश्यकता एवम् रहरहरू पूरा गर्न अत्यन्तै सजिलो भएको छ।सीमित आयबाट सपना साकार पार्ने सोच भएका जो कोहिको लागि हुलास फिनसर्भ भरपर्दो आधार बनेर सकेसम्मको सहुलियतपूर्ण सेवा, सुविधा प्रदान गर्ने कार्यमा प्रतिबद्ध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend