images

२०८३ आश्विन २० गते

images
images
images

कोशीका तीन लाख बढी पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप

कोशीका तीन लाख बढी पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रुपमा फैलिएपछि कोशीका १४ जिल्लामा तीन लाख ३७ हजार ३०१ पशुलाई निःशुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिनुभयो ।

    images
    images

     झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ । उहाँका अनुसार कोशीमा हालसम्ममा २४ हजार ८६१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् भने ७६९ मरिसकेका छन् । उहाँले गत वैशाखदेखि हालसम्म झापामा ९९ हजार ६७४, मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, उदयपुरमा १५ हजार ७३०, इलाममा ४१ हजार २८६,  खोटाङमा चार हजार २९१, भोजपुरमा आठ हजार ६१५, ताप्लेजुङमा पाँच हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा नौ हजार ७९४ पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप दिइएकोे उहाँले बताउनुभयो । 

     “यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।” उहाँले रोग देखा नपरेका ओखलढुङ्गा र सोलुखम्बुका तीन हजार ७०० गाई, गोरु र राँगा, भैँसीमा खोप दिइएको जानकारी दिनुभयो ।यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् । सूचना अधिकारी साहले रोग लागेको पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्न पशुपालकहरुलाई आग्रह गर्नुभएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend