images

२०८३ आश्विन १९ गते

images
images
images

देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त

देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई मंगलबार नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । सात सदस्यीय समितिमा दुई जना महिलासहितको समावेशी संरचना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरूकुलका गतिविधिका कारण चलायमान रहेको र त्यसले क्षेत्रको जीवन्तता कायम राखेको बताए । उनले भने,“यदि गुरूकुल नै हटाइयो भने यहाँ शून्यता हुनेछ । त्यसैले नयाँ पुस्तामा ज्ञान, चेतना र पुनर्जागरण ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।”

    images
    images

    मन्त्री पाण्डेले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको उल्लेख गर्दै वाग्मती र गण्डकी प्रदेश सरकारसँगको सहकार्यका साथै निजी क्षेत्रलाई आकर्षित गरी अवसर उपयोग गर्न सुझाव दिए ।चितवन, नवलपुर र तनहुँजस्ता भौगोलिक तथा सामाजिक दृष्टिले अनुकूल स्थानमा अवस्थित देवघाटको पर्यटन र सांस्कृतिक महत्त्व अझ उँचो बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले समितिका पदाधिकारीलाई अनुकरणीय काम गर्न अपेक्षा गरे । “मन्त्रालय नीतिगत र कानुनी रूपमा सहयोग गर्न सधैँ तयार छ,” मन्त्री पाण्डेले भने, “यो कुनै लाभको पद होइन, जिम्मेवारीको पद हो । गठन आदेश अध्ययन गरी त्यसअनुसार काम गर्नुहोस् ।”

    सो अवसरमा मन्त्रालयका सचिव हरि मैनालीले राजधानीबाट नजिक र सुविधाजनक स्थानमा रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), यु कुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) रहेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend